
नातिबाबु भट्ट
कोलोराडो, अमेरिका । कोलोराडोको बोल्डर सहरमा आगामी नोभेम्बर २३ मा आयोजना हुन लागेको ८औँ एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ का सबै तयारी पूरा भएको आयोजकहरूले बताएका छन्।
नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र Philip Harmony Orchestra Boulder को संयुक्त आयोजनामा हुन लागेको यो अवार्ड समारोहमा नेपाल र विदेशमा रहेका दर्जनौँ नाम चलेका कलाकारहरूको उपस्थिति रहने छ।
नेपालका दर्जनौँ वरिष्ठ र लोकप्रिय कलाकार कोलोराडोमा
कार्यक्रममा सहभागी हुन नेपालबाट निम्न प्रतिष्ठित कलाकारहरू आउनेछन्:
- वरिष्ठ अभिनेता निर शाह
- वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा
- हास्य सम्राज्ञी बसुन्धरा भूषाल
- चर्चित हास्य कलाकार केदार घिमीरे ‘मागर’
- नेपाल फिल्म सोसाइटी नेपालका अध्यक्ष तथा वरिष्ठ कलाकार कृष्ण मल्ल
- नायकहरू प्रदिप खड्का, दिलीप रायमाझी
- नायिकाहरू शर्मिला मल्ल, केकी अधिकारी, गरिमा शर्मा, दिब्या रायमाझी
- चरित्र अभिनेता रामचन्द्र अधिकारी
- चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी
- अभिनेता तथा निर्माता मधुकुमार श्रेष्ठ
यससँगै २० भन्दा बढी चर्चित कलाकार र चलचित्रकर्मीहरू कार्यक्रममा सहभागी हुनेछन्।
ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका अध्यक्ष नवराज श्रेष्ठका अनुसार,
नेपाली मौलिक कला–संस्कृति प्रवर्द्धन र नेपाली फिल्मकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अवार्ड कार्यक्रम निरन्तर रूपमा २०१६ देखि हुँदै आएको छ।
उनले अमेरिकास्थित कोलोराडोमा बसोबास गर्ने नेपाली समुदायलाई कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन र आयोजनालाई भव्य बनाउन सहयोग गर्न आग्रह गरे।
निःशुल्क सहभागी, तर अनिवार्य प्रवेश पास
- कार्यक्रम निःशुल्क भए पनि प्रवेश पास अनिवार्य रहनेछ।
- पास पाउन ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए तथा कोलोराडोका सक्रिय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूसँग सम्पर्क गर्न सकिनेछ।
- कार्यक्रम बोल्डर थिएटरमा नोभेम्बर २३, आइतबार, साँझ ४ बजेदेखि सुरु हुनेछ।
‘Nepali Film: Village to Globe’—विश्वभरका नेपाली कलाकारहरूको जमघट
‘नेपाली फिल्म : भिलेज टु ग्लोब’ भन्ने नारासहित आयोजना हुने यो अवार्ड समारोहको उद्देश्य:
- देश–विदेशमा छरिएका नेपाली कलाकारलाई एकै ठाउँमा जोड्नु
- नेपाली कला, संस्कृति र फिल्मलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनु
- उत्कृष्ट सिर्जनात्मक योगदान गर्ने कलाकारलाई सम्मान र प्रोत्साहन गर्नु
यसअघि अवार्डका ७ संस्करण कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्कमा सफलतापूर्वक सम्पन्न भइसकेका छन्।
