धादिङका डा. राम थापा क्षेत्री मेडिकल काउन्सिलको सदस्यमा उम्मेदवार

Avatar photo
Dhadingpost
कार्तिक ३०, २०८२

धादिङ । सामाजिक सेवामा सक्रिय र अनुशासित स्वास्थ्यकर्मीको छवि बनाएका धादिङ शान्तबजारका डा. राम थापा क्षेत्री आगामी नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा सदस्य पदका लागि उम्मेदवार बनेका छन्।

यसपटक काउन्सिलमा एक उपाध्यक्ष र आठ सदस्य पदका लागि निर्वाचन हुँदैछ।
उम्मेदवारी दर्तापछि डा. क्षेत्रीले काउन्सिललाई पूर्णरूपमा पेपरलेस बनाउने, सेवालाई डिजिटलाइज गर्दै पारदर्शिता बढाउने, र चिकित्सकहरूको अभ्यासलाई प्रोटोकलअनुसार प्रभावकारी अनुगमन गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताए।

कानुनअनुसार—

  • उपाध्यक्षका लागि चिकित्सकसँग कम्तीमा १५ वर्षको अनुभव हुनुपर्छ।
  • सदस्यका लागि ५ वर्षको अनुभव भएको दर्तावाला चिकित्सकले उम्मेदवारी दिन पाउँछ।

निर्वाचन कार्यतालिका

  • उम्मेदवारी मनोनयन: कात्तिक २८–३०
  • उपत्यका बाहिर मतदान: पुस ४–५
  • उपत्यकामा मतदान: पुस ११–१२

उम्मेदवार डा. राम थापा क्षेत्री : एक संक्षिप्त परिचय

धादिङ नीलकण्ठ–३ शान्तबजार निवासी डा. राम थापा क्षेत्री MBBS (राजशाही विश्वविद्यालय, बंगलादेश) र MHCM (पोखरा विश्वविद्यालय) उत्तीर्ण चिकित्सक हुन्।
हाल उनी स्वास्थ्य बीमा बोर्ड, बाबर्महालमा मेडिकल अफिसरका रूपमा कार्यरत छन्। साथै, पोखरा विश्वविद्यालयको हेल्थ केयर म्यानेजमेन्ट विभागCTEVT मा समेत अध्यापन गर्दै आएका छन्।

स्वास्थ्य क्षेत्रको नेतृत्व र सामाजिक सेवामा उनी निरन्तर सक्रिय छन्।
उनका प्रमुख भूमिकाः

  • युवा डक्टर्स असोसिएसन (YDA) का संस्थापक सह–समन्वयक
  • नेपाल मेडिकल एसोसिएसनका पूर्व परिषद् सदस्य
  • DSON का पूर्व कार्यसमिति सदस्य
  • धादिङ हेल्थ सोसाइटीका पूर्व महासचिव
  • हेटौंडा अस्पतालका पूर्व अस्पताल प्रबन्धक
  • बिर अस्पताल, ट्रमा सेन्टर, TU MCVTC, श्री वीरन्द्र अस्पताल छाउनी र इच्छाकामना आधारभूत अस्पतालमा सेवा अनुभव

डा. क्षेत्री २०७२ को भूकम्प, जाजरकोट भूकम्पकोभिड–१९ महामारीमा सक्रिय स्वास्थ्य स्वयंसेवकका रूपमा खटिएका थिए।
उनको अन्य सक्रियता—

  • नेपाल स्काउट्सका स्काउट मास्टर
  • आपतकालीन तथा मानसिक स्वास्थ्य सचेतना प्रशिक्षक
  • लायन्स क्लब अफ काठमाडौं लिडरशिपका उपाध्यक्ष
  • वर्ल्ड रग्बी मेडिकल डॉक्टर

पुरस्कार तथा मानसम्मान

डा. क्षेत्रीले प्राप्त गरेका प्रमुख सम्मानः

  • प्रबल जनसेवा श्री चतुर्थ
  • राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८०
  • Best Emerging Health Leader
  • Best e-media Influencer Award 2024
    साथै, उनले भारतको चण्डीगढमा आयोजित International Public Health Management Development Program मा पनि सहभागिता जनाएका छन्।