युवा शक्ति कुवेत: विशाल डल्लाकोटी अध्यक्षमा चयन

Avatar photo
Dhadingpost
कार्तिक ३०, २०८२

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन युवा शक्ति कुवेतका अध्यक्ष महेस लामाको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा नेपाली दूतावास कुवेतका द्वितीय सचिव शिव बानियाँ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै, भातृ–संगठनका प्रतिनिधिहरू, मिडियाकर्मी र संघसंस्थाका सदस्यहरूको समेत उपस्थिती रहेको थियो।

नवगठित कार्यसमिति पदाधिकारीहरू

  • अध्यक्ष: विशाल डल्लाकोटी
  • उपाध्यक्ष (महिला): रुबी महर्जन
  • उपाध्यक्ष: मदन चम्लागाँई
  • सचिव: नरेन्द्र दोङ
  • सह–सचिव: मेनु गौतम
  • कोषाध्यक्ष: रञ्जित पञ्जियार
  • सह–कोषाध्यक्ष: सुश्मा नेपाल भण्डारी
  • प्रवक्ता: वासुदेव धमला

युवा संयोजकहरू: अर्जुन ठकुरी, नवराज बी.क, करन राई, सोमलाल तामाङ
महिला संयोजकहरू: माया लामा, विष्णु विश्वकर्मा

सदस्यहरूमा राम प्रसाद भट्टराई, विकास खत्री, कृष्ण खड्का, प्रेम मगराती, दिपक शाही, सुरज थापा, कृष्ण चौधरी, नविन रोक्का, बुहुमान तामाङ, आकाश विश्वकर्मा, सन्तोष परदेशी र विक्रम बोहोरा रहेका छन्।

कार्यक्रमको सञ्चालन हरी बानियाँले गरेका थिए भने स्वागत मन्तव्य सचिव मदन चम्लागाँईले दिएका थिए।

कार्यक्रममा स्वास्थ्य क्षेत्रमा कार्यरत महिलाहरूले सामूहिक नृत्य प्रस्तुत गरे। प्रमुख प्रस्तुति दिएका कलाकारहरूमा गोमा श्रेष्ठ, मोती तामाङ, पूजा तामाङ, पुनम राई, रुबी यादव, सुश्मा नेपाल भण्डारी रहेका थिए।

कार्यक्रमको मुख्य प्रायोजकमा अल मुल्ला एक्सचेन्जहिमालयन रेस्टुरेन्ट हाउस, कुवेत रहेका थिए। उपस्थिति सबैजनालाई खानपिनको व्यवस्थित व्यवस्था गरिएको थियो।