धादिङबेसीमा एमालेको शक्ति प्रदर्शन, संसद पुनःस्थापनाको माग

Avatar photo
Dhadingpost
कार्तिक २९, २०८२

धादिङ । नेकपा एमाले धादिङले आज धादिङबेसीमा लोकतन्त्रको सुरक्षा, संविधानको रक्षा र संसद पुनःस्थापनाको मागसहित शक्ति प्रदर्शन गरेको छ।

एमाले पार्टी कार्यालयबाट सुरु भएको र्‍याली सिरानबजारसम्म पुगेपछि पुनः फर्केर एमालेचोकमा कोणसभामा परिणत भएको थियो। कार्यक्रमको प्रमुख आतिथ्य एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई रहेका थिए।

कोणसभामा पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज खेम प्रसाद लोहनी, जिल्ला अध्यक्ष भूमि प्रसाद त्रिपाठी, उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली), सचिव राधिका सापकोटालगायतका नेताहरूले समसामयिक राजनीतिक घटनाक्रमबारे धारणा व्यक्त गरेका थिए।

सभामा वक्ताहरूले संसद पुनःस्थापना, लोकतान्त्रिक अभ्यासको संरक्षण र जनताप्रति उत्तरदायी शासन प्रणाली सुनिश्चित गर्न एमालेले निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाए।