
धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) धादिङले आयोजना गरेको जिल्ला स्तरीय चेस प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा प्याब्सनसँग आवद्ध १३ विद्यालयका विद्यार्थी खेलाडीले सहभागिता जनाएका थिए।
प्याब्सन धादिङका ईसीए इन्चार्ज सञ्जीव गजुरेलका अनुसार विद्यार्थीले प्राप्त गरेको स्कोरका आधारमा विद्यालयतर्फ उत्कृष्टको सूची यस प्रकार छः
प्रथम : द राइजिङ भिलेज बोर्डिङ स्कुल, गल्छी र सक्सेज एकेडेमी
द्वितीय : मुनाल एकेडेमी, गजुरी
तृतीय : एड्भान्स एकेडेमी, धादिङबेसी
चौथो : बुल्मिङ लोटस, थाँक्रे
विद्यार्थी तर्फका विजेता
छात्रतर्फ
प्रथम : किस्मत पौडेल, सक्सेस
द्वितीय : सुशिल शाक्य, एड्भान्स
तृतीय : एलेक्स बर्तौला, मुनाल
चौथो : रोमन श्रेष्ठ, ब्राइट फ्यूचर
छात्रातर्फ
प्रथम : सुभना श्रेष्ठ, द राइजिङ भिलेज
द्वितीय : स्पर्धा बर्तौला, मुनाल एकेडेमी
तृतीय : सदिक्षा उप्रेती, बुल्मिङ लोटस
चौथो : हिरा गुरुङ, ब्राइट फ्यूचर
प्रतियोगिता स्विस लिग प्रणालीअनुसार सञ्चालन गरिएको थियो। निर्णायकका रूपमा धादिङका सञ्चारकर्मी तथा अन्तर्राष्ट्रियस्तरका चेस आर्बिटर सन्दिप घिमिरेले जिम्मेवारी सम्हाले।
पुरस्कार वितरण समारोहमा बोल्दै प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टले प्याब्सनसँग आवद्ध विद्यालयलाई शैक्षिक, सहपाठ्यक्रम र अतिरिक्त गतिविधिमा अब्बल बनाउन निरन्तर विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको बताए। चेस प्रतियोगिता पनि सोही योजनाअन्तर्गत भएको उनले उल्लेख गरे।
