
धादिङ । धादिङको गजुरी गाउँपालिका–किराञ्चोकका दिपेन्द्र जम्कट्टेल हालै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको केन्द्रिय सदस्य बनेका छन्। उनका नाम मंगलबार सार्वजनिक गरिएको केन्द्रिय समिति सदस्यहरूको सूचीमा समावेश भएको हो।
जम्कट्टेल पहिले माओवादी केन्द्रसँग आवद्ध थिए। उनका पारिवारिक सदस्यहरू पनि लामो समयदेखि माओवादी राजनीतिमा सक्रिय रहेका छन्। पार्टीको नयाँ सूची सार्वजनिक भएपछि उनीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेपछि, उनका भाइ उपेन्द्र जम्कट्टेलसँग सम्पर्क गर्दा उनले भने, “दाईको नाम कुलमानको पार्टीको केन्द्रिय सदस्यको सूचीमा देखेको हुँ, तर यसबारे थप जानकारी छैन,” भनेका छन्।
दिपेन्द्र जम्कट्टेल सन् २०५९ सालदेखि माओवादी राजनीतिमा सक्रिय थिए। सोही वर्ष उनले विद्यालय इकाई कमिटीका अध्यक्षका रूपमा जिम्मेवारी सम्हालेका थिए।
२०६५ सालमा उनले काठमाडौँ इन्जिनियरिङ कलेज, कालिमाटीमा अध्ययनका क्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष बने।
त्यसपछि २०६९ सालमा उनी अखिल (क्रान्तिकारी) प्राविधिक विशेष जिल्ला समितिका उपाध्यक्षका रूपमा निर्वाचित भए।
राजनीतिक अनुभव सँगाल्दै उनले **२०७३ सालमा नियोन (नेपाल युथ अर्गनाइजेशन, नेवाः)**को केन्द्रिय सदस्यका रूपमा जिम्मेवारी पाएका थिए।
अब उनी कुलमान घिसिङको नेतृत्वमा गठन भएको उज्यालो नेपाल पार्टीको केन्द्रिय समिति सदस्य बनेका छन्।
