
धादिङ । नीलकण्ठ नगरपालिका–३, धादिङबेसीमा रहेको नीलकण्ठ बालमन्दिर नमूना माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरू शैक्षिक भ्रमणका लागि मुस्ताङ प्रस्थान गरेका छन्। विद्यालयको वार्षिक क्यालेन्डरअनुसार आयोजना गरिएको यस भ्रमणमा कुल २०० जना विद्यार्थी सहभागी भएका छन्।
विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद रिजालका अनुसार कक्षा १० मा अध्ययनरत २८५ विद्यार्थीमध्ये २०० जनाले यसपटकको भ्रमणमा सहभागिता जनाएका हुन्।
“विद्यार्थीहरूलाई विद्यालयबाहिरको सिकाइ अनुभव दिलाउने उद्देश्यले यो भ्रमण आयोजना गरिएको हो,” — रिजालले बताए।
भ्रमणमा सहभागी प्रत्येक विद्यार्थीबाट रु. ७,५०० संकलन गरिएको विद्यालयले जनाएको छ।
रिजालका अनुसार, “उक्त रकमबाट यातायात, आवास, खाना र अन्य व्यवस्थापन खर्च गरिने छ। खर्चपछि बाँकी रकम विद्यार्थीहरूलाई नै फिर्ता गरिनेछ।”
भ्रमणमा सहभागि शिक्षक ध्रुव अधिकारीका अनुसार,
“कक्षाकोठाभन्दा बाहिरको सिकाइले विद्यार्थीहरूको सोच, आत्मविश्वास र टोली भावना बढाउँछ। मुस्ताङ जस्तो विविध सांस्कृतिक र भौगोलिक क्षेत्रमा भ्रमणले उनीहरूमा देशप्रेम र जिज्ञासाको भावना पनि बढाउँछ।” यस्तो भ्रमणले विद्यार्थीहरूमा व्यावहारिक ज्ञान, आत्मनिर्भरता र समूमा काम गर्ने सीप विकास गर्न मद्दत गर्छ। त्यसैगरी, यसले उनीहरूलाई नेपालको भूगोल, संस्कृति, पर्यटन र प्राकृतिक सम्पदा नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्छ।
📸 फोटो : रामचन्द्र श्रेष्ठ (RS STHA)
