नेकपा (एमाले) धादिङद्वारा १०४ वटै वडामा भेला सम्पन्न, आगामी जनसभाको तयारी

Avatar photo
Dhadingpost
कार्तिक २२, २०८२

धादिङ । नेकपा (एमाले) धादिङले आज जिल्लाका १०४ वटै वडामा भेला सम्पन्न गरेको छ।

पार्टी सचिव राधिका सापकोटाका अनुसार, गत १८ गते जिल्ला कमिटीको बैठकले सुदृढीकरणका लागि तीन चरणमा विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । `यही निर्णयअनुसार सबै वडामा भेला सम्पन्न भएका हुन्।

एमाले धादिङले आगामी २५ गते जिल्लाका १३ स्थानीय तहमा जनसभा र २९ गते जिल्ला सदरमुकाममा भव्य जनप्रदर्शन आयोजना गर्ने जानकारी दिएको छ।

वडा भेलामा स्थायी कमिटी सदस्य पुष्पराज कडेल, केन्द्रिय सदस्य खेमप्रसाद लोहनी, जिल्ला अध्यक्ष भूमी त्रिपाठी लगायतका नेताहरूले सहजिकरण गरेका थिए।