
धादिङ । ‘बुक फ्री डे’ कार्यक्रमअन्तर्गत आयोजित माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा कक्षा १० का संगम लम्सालले प्रथम स्थान हासिल गरेका छन्।
प्रतियोगितामा खुसी राणा मगर द्वितीय तथा रविका तामाङ तृतीय भएका छन्।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ र प्रिन्सिपल भीमबहादुर श्रेष्ठले विजेताहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो।
कार्यक्रमको सञ्चालन जेनिसा तामाङ र सुशील शाक्यले संयुक्त रूपमा गरेका थिए भने निर्णायकका रूपमा मथुरा राना, थंकराज बसौला र अम्बिका रिजाल रहनुभएको थियो।
प्रमुख अतिथिका रूपमा उपस्थित अर्जुनकोमा श्रेष्ठ गोर्खालीले विद्यार्थीहरूलाई वक्तृत्वकलाको महत्व र यसको जीवनमा पर्ने सकारात्मक प्रभावबारे प्रेरणादायी मन्तव्य दिनुभयो।
प्रिन्सिपल भीमबहादुर श्रेष्ठका अनुसार प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई आगामी प्याब्सन जिल्ला स्तरीय वक्तृत्व प्रतियोगितामा विद्यालयको तर्फबाट सहभागी गराइनेछ।
उहाँले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा निडरता, आत्मविश्वास र वाक्चातुर्य विकास गर्न ठूलो योगदान पुर्याउने बताउनुभयो।

