विप्लव नेकपाको प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग

Avatar photo
Dhadingpost
कार्तिक २०, २०८२

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले बिहीबार काठमाडौंमा प्रदर्शन गरेको छ। प्रदर्शनपछि भृकुटी मण्डपमा आयोजित सभामा सर्वपक्षीय अन्तरिम सरकारको गठनको माग गरिएको छ।

सभालाई सम्बोधन गर्दै महासचिव नेत्रविक्रम चन्द विप्लवले भदौ २३–२४ गतेको जनआन्दोलनपछि सिर्जित राजनीतिक परिवेश र पार्टीको भावी रणनीति सार्वजनिक गरेका थिए। उनले भने, “देशका लुटेराहरु जेन्जी आन्दोलनको उपलब्धी धमिलाउन सक्रिय छन्, र त्यसको विरुद्ध हामी दृढ रूपमा लाग्ने छौं।”

संविधान संशोधन र पुनरलेखन गर्नु पर्ने बताउँदै महासचिव चन्दले त्यसका लागि सर्वपक्षीय अन्तरिम सरकारको आवश्यकता रहेको बताएका थिए । तस्बिर : अभिषेक महर्जन