
धादिङ ।धादिङ सपाेर्ट फुटबल एकेडेमीले फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। ६ देखि २३ वर्ष उमेर समूहका बालबालिका र युवाहरूका लागि सञ्चालन गरिएको यो प्रशिक्षण कार्यक्रम हरेक शनिबार साँझ ३ बजेदेखि ५:३० बजेसम्म गजुरी स्थित गालौदी मैदानमा हुँदै आएको छ।
एकेडेमीका अनुसार प्रशिक्षण सुरु भएको दुई हप्ता भइसकेको छ। यस प्रशिक्षणको मुख्य उद्देश्य भनेको ग्रास रुट देखि खेलाडी विकास (Grassroot Player Development) मा जोड दिने रहेको छ।
प्रशिक्षण एएफसी लाइसेन्स प्राप्त प्रशिक्षक तथा जिल्ला फुटबल संघ धादिङका प्रशिक्षक रवि भण्डारीको मार्गदर्शनमा सञ्चालन भइरहेको छ। साथै, समय–समयमा राष्ट्रिय स्तरका प्रशिक्षकहरूद्वारा पनि प्रशिक्षण अवलोकन तथा मार्गनिर्देशन गरिने योजना रहेको बताइएको छ।
एकेडेमीका प्रशिक्षक भण्डारीका अनुसार फुटबलमा रुचि राख्ने जो–कोही इच्छुक युवाहरूले पनि यस प्रशिक्षणमा सहभागी हुन सक्नेछन्।
