धादिङबाट माओवादी केन्द्रको बागमती प्रदेश समिति र परिषदमा थपिए ४१ जना सदस्य

Avatar photo
Dhadingpost
कार्तिक १८, २०८२

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश समन्वय समिति र पदाधिकारीको बैठकले धादिङ जिल्लाबाट ४१ जना नयाँ सदस्य चयन गरेको छ । बैठकले ३६ जना प्रदेश समिति सदस्य र ५ जना प्रदेश परिषद सदस्य थप्ने निर्णय गरेको हो ।

पार्टीका अनुसार संगठन सुदृढीकरण, जिम्मेवारी बाँडफाँड र स्थानीय नेतृत्व सशक्तिकरणका उद्देश्यसहित नयाँ सदस्यहरू मनोनयन गरिएको हो ।

धादिङबाट प्रदेश सदस्यमा —
शम्भु कुमार श्रेष्ठ, शुशिला थापा, बासु बास्कोटा, रामबहादुर थापा, पुजन थापा, सेक्केमान तामाङ, देवराज धरेल, रेवतीरमण तिवारी, धुर्व थापा, दुर्लभ कुमार तामाङ, झम्क परियार, सरोज तामाङ, बिनोद बाबु रिमाल, युगल भण्डारी, यान्त्र बहादुर थापा, कृष्णमान श्रेष्ठ, कर्म लामा तामाङ, राजेन्द्र कडेल, रामशरण सेन्चुरी, हरिबहादुर दनै, रुद्रबहादुर खत्री, रामचन्द्र सामरी, खेमराज भुजेल, प्रेमबहादुर तामाङ, अमृत तामाङ, रामकृष्ण बसौला, राजकुमार पाठक, सिताराम खतिवडा, सुब्बा रम्तेल, रामेश्वर सिम्खडा, शम्झना लामिछाने पण्डित, दयाराम कार्की, सुर्यबहादुर तामाङ, मोदनाथ खतिवडा, करिमान तामाङ र शंकर अधिकारी रहेका छन् ।

त्यस्तै, बागमती प्रदेश परिषद सदस्यमा तारालाल धरेल, नकुल थापा, रामप्रसाद अधिकारी, रमेश आचार्य र कृष्ण रेग्मी चयन भएका छन् ।

माओवादी केन्द्र बागमती प्रदेशले सबै निर्वाचितलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना दिएको छ । फाईल तस्वीर