अविरल वर्षाका कारण ताल्तीमा हुने एकादशी विशेष सांस्कृतिक कार्यक्रम स्थगित

Avatar photo
Dhadingpost
कार्तिक १४, २०८२

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–५, ताल्तीमा आज (कार्तिक १४ गते) आयोजना गर्न लागिएको हरिबोधनी एकादशी विशेष सांस्कृतिक कार्यक्रम–२०८२ अविरल वर्षाका कारण स्थगित गरिएको छ।

लोकप्रिय गायिका टिका सानु सहितका चर्चित कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम वर्षाका कारण सम्पन्न गर्न नसकिएको आयोजकले जनाएको छ।

x