
धादिङ, गङ्गाजमुना गाउँपालिका–५ – पैंयुखर्कस्थित फुलखर्क खेल मैदानमा सम्पन्न वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा ब्लुस्टार युवा क्लब A प्रथम, ढाँडखर्क युवा समाज A द्वितीय र सुन्दर युवा क्लब तृतीय भएको छ।
विजेता टोलीले रु. १६ हजार, उपविजेताले रु. १२ हजार, र तृतीय स्थान हासिल गर्ने टोलीले रु. ८ हजार नगद पुरस्कार प्राप्त गरेको छ।
वडा अध्यक्ष कुमार अधिकारीका अनुसार, प्रतियोगिता गाउँको खेलकुद विकासमा योगदान पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको थियो।
प्रतियोगितामा स्थानीय युवा र खेलप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
