
धादिङ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकता अन्तिम चरणमा पुगेकाे भनिएका बेला समाजवादीकाे केन्द्रीय कमिटी विस्तारसँगै धादिङका प्रतिनिधित्वमा वृद्धि भएकाे छ।
सुकेधारामा जारी नेकपा (एकीकृत समाजवादी) काे केन्द्रीय कमिटी बैठकले ७५ जना नयाँ केन्द्रीय सदस्य थप गरेपछि धादिङबाटका केन्द्रीय सदस्य संख्या ११ जना पुगेका छन्।
यस अघि धादिङबाट ७ जना केन्द्रीय सदस्य थिय ४ जना थप भएसँग केन्द्रीय सदस्य संख्या ११ पुगेकाे हाे ।
यसअघि धादिङबाट सात जना सदस्य रहेका थिए—
राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, गुरु बुर्लाकोटी, इन्दिरा ढुंगाना, डा. सीता ढुंगाना, सुवास खतीवडा र चन्द्रबहादुर तामाङ।
नव–थप सदस्यमा अन्जन थापामगर (कुमार), कुमार पाण्डे, नवराज अर्याल र शिवराज कडेंल रहेका छन्।
