पोर्चुगलमा रहेका समाजसेवी तथा राजनितिज्ञ प्रेमचन्द्र भण्डारीको निधन

Avatar photo
Dhadingpost
कार्तिक १२, २०८२

पोर्चुगल । नेकपा पोर्चुगलको कार्यसमिती सचिवालय सदस्य, नेपाली जनप्रतिनिधिशील मञ्च पोर्चुगलका सल्लाहकार तथा हाल नेपाली जनप्रगतिशील मञ्च यूरोपका सदस्य रहेका भण्डारीको निधनको खबरले प्रवासी नेपाली समुदाय स्तब्ध बनेको छ।

समाजसेवी स्वभावका भण्डारीले पोर्चुगलमा रहँदा लामो समयसम्म प्रवासी नेपालीबीच सामाजिक एकता र जनसंगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

स्वर्गिय भण्डारी भण्डारी नेपाल बुद्धिजिवि संगगठन चितवनको सचिव हुँदै केन्द्रिय सचिवालय सदस्यको भूमिका निभाई सकेका थिए ।

नेपाली जनप्रगतिशील मञ्च युरोपका अध्यक्ष चित्र सुवेदी र पोर्चुगलका संयोजक नारायण सुवेदीले संयुक्त रुपमा जारी गरिएको शोक वक्तव्यमा भनिएको छ, यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरिएको छ।