
धादिङ । बेनीघाट रोराङ गाउँपालिका–५, ताल्तीमा कार्तिक १४ गते हरिबोधनी एकादशी विशेष सांस्कृतिक कार्यक्रम–२०८२ हुने भएको छ। कार्यक्रममा लोकप्रिय गायिका टिका सानुसहित चर्चित कलाकारहरू सहभागी हुने भएका छन्।
कार्यक्रम आगामी कार्तिक १४ गते बिहान ११:०० बजे देखि सुरु हुनेछ।
बेनीघाट रोराङ गाउँपालिकाको प्रमुख संरक्षकत्वमा आयोजना हुने यस कार्यक्रममा स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहनेछ।
आयोजक संस्थाका अनुसार हरिबोधनी एकादशीको अवसरमा आयोजना हुने यस सांस्कृतिक कार्यक्रमले धार्मिक आस्था, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
