
धादिङ, खनियाबास । खनियाबास गाउँपालिका–३, कुतिङ खेलकुद मैदानमा आयोजना गरिएको ‘प्रथम सानो पञ्चेत वडा कप फुटबल प्रतियोगिता’ को फाइनल खेलमा बट्टागङले गङलाई ६–१ ले पराजित गर्दै उपाधि हात पारेको छ।
प्रतियोगितामा तृतीय स्थान सिंगङ एकता समाजले सुरक्षित गरेको छ। प्रतियोगितामा बेस्ट खेलाडी को अवार्ड सिंगङ एकता समाजका युवराज तामाङले प्राप्त गरे भने बेस्ट किपर को अवार्ड पर्दो युवा समाजका सुदङ तामाङ ले जितेका छन्।
समारोहको प्रमुख अतिथि खनियाबास गाउँपालिका उपप्रमुख सेक्केमान तामाङ र विशिष्ट अतिथि वडा नं. ३ का अध्यक्ष कमान सिह तामाङ थिए।
विजेता टोलीले रु. ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले रु. १५ हजार, र तृतीय स्थान प्राप्त टोलीले रु. ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगिता कार्तिक ७ गते सम्पन्न भएको थियो।
