
धादिङ ।
धादिङको ज्वालामुखी गाउँपालिका–७, धरापानी खेल मैदानमा कार्तिक ३ गतेदेखि जारी १२औं अनकन्या कप ९ साइड फुटबल प्रतियोगिता अब क्वार्टरफाइनल चरणमा प्रवेश गरेको छ।
तिहार पर्वका कारण केही दिन स्थगित भएको खेल अब भोलि (कार्तिक ८ गते) पुनः सुरु हुने भएको हो।
आयोजक लगनशील युवा क्लबका अनुसार क्वार्टरफाइनल खेलहरू कार्तिक ८ गतेदेखि सुरु भएर फाइनल कार्तिक ९ गतेसम्म सञ्चालन हुनेछन्।
क्वार्टरफाइनल खेल तालिका (कार्तिक ८ गते)
1️⃣ Sunrise FC 🆚 7 Star — ⏰ बिहान ८:०० बजे
2️⃣ Lamjung FC 🆚 CYC — ⏰ बिहान १०:०० बजे
3️⃣ SYDS 🆚 Siddhalek Warriors — ⏰ बिहान ११:०० बजे
4️⃣ LYC ‘B’ 🆚 Tamsaling YC — ⏰ दिउँसो १२:०० बजे
5️⃣ LYC ‘A’ 🆚 (Sunrise FC vs 7 Star) विजेता — ⏰ दिउँसो १:०० बजे
6️⃣ Anakanya–11 🆚 (Lamjung FC vs CYC) विजेता — ⏰ दिउँसो २:०० बजे
सहभागी टोलीहरू
लमजुङ एफसी, सीवाईसी, मिर्मिरे वाइसी, अनकन्या–११, मिलिजुली वाइसी, ब्वाइज युनाइटेड, एलवाईसी ‘बी’, ताम्सालिङ वाइसी, सहारा एफसी, ७ सतर, सनराइज एफसी, याकाटा एफसी, एलवाईसी ‘ए’, एवाईसी, एसवाईडीएस, लालिगुराँस वाइसी, टीवाईसी र सिद्दलेक वारियर
पुरस्कार विवरण
विजेता टोलीले रु. १ लाख २५ हजार रुपैयाँसहित कप र मेडल प्राप्त गर्नेछ भने
उपविजेताले रु. ६० हजार रुपैयाँसहित मेडल पाउनेछन्।
त्यसैगरी उत्कृष्ट खेलाडीहरूका लागि विशेष पुरस्कार राखिएको छः
🥇 उत्कृष्ट खेलाडी – रु. ५ हजार
🧤 उत्कृष्ट गोलरक्षक – रु. ४ हजार
🎯 सर्वाधिक गोलकर्ता – रु. ४ हजार
