
धादिङ । धादिङकाे बेनीघाट राेराङ २ मा कार्तिक ३ गतेदेखि सुरु भएको तेस्रो खुल्ला वडा कप ७ ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ। गजुरी समाज गजुरीले फाइनलमा लामा ओडीलाई १–० गोलको अन्तरले पराजित गर्दै उपाधि आफ्नो बनाएको छ।
प्रतियोगिता “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ वडा युवा तथा खेलकुद समितिको आयोजनामा गौरीशंकर खेलमैदान, बेनीघाट रोराङ–२ मा सम्पन्न भएको हो।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ५० हजार र उपविजेता टिमलाई रु. २५ हजार पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगिताले स्थानीय खेलाडी र युवा बीच खेलकुदमा उत्साह र सहभागिता अभिवृद्धि गरेको आयोजकले जनाएका छन्। तस्बिर: अशाेक श्रेष्ठ












