धादिङमा समाजसेवी कृष्णमान शाक्य रास्वपामा प्रवेश

Avatar photo
Dhadingpost
कार्तिक ५, २०८२

धादिङबेसी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङले दिपावली/छठ पर्वकाे अवसरमा शुभकामना आर्दान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । धादिङबेसीमा सम्पन्न उक्त कार्यक्रममा कार्यवहाक सभापति डिपि अर्याल प्रमुख अतिथीका रूपमा सहभागी भए।

कार्यक्रमका क्रममा धादिङमा समाजसेवीका रुपमा चिनिने तथा नेपाली कांग्रेसका निवर्तमान जिल्ला सदस्य कृष्णमान शाक्यले औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका छन्। प्रवेशपछि उनले भने, “अबको निर्बिकल्प पार्टी रास्वपा नै हो,” भन्दै पार्टी सुदृढीकरणमा सक्रिय रहने प्रतिबद्धता जनाएका थिए।

त्यस अवसरमा प्रमुख अतिथी अर्यालले बुढीगण्डकी जलविद्युत् परियोजना आफ्नो राजनीतिक जीवनमै पूरा गरेरै छोड्ने दृढता व्यक्त गरे।

कार्यक्रमको सञ्चालन जिल्ला सचिव मीनबहादुर अधिकारीले गरेका थिए।