
न्यूयोर्क। धादिङ नेपाली समाज अमेरिकाद्वारा आयोजित देउसी–भैलो कार्यक्रम २०२५ अत्यन्तै भव्य, उत्साहपूर्ण र सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको संयोजन समाजका Board of Director देवेन्द्र गिरीले गरेका थिए ।
लङ्ग आइल्याण्ड र ज्याक्सन हाइट्स क्षेत्रमा आयोजना गरिएको यस वर्षको देउसी–भैलो कार्यक्रमबाट कुल ४,५३८ अमेरिकी डलर संकलन भएको समाजका अध्यक्ष टकबहादुर रुवालीले जानकारी दिए। उक्त रकम समाजका सामाजिक, सांस्कृतिक र परोपकारी गतिविधिहरूमा उपयोग गरिने बताईएकाे छ।
कार्यक्रममा समाजका सदस्य, शुभेच्छुक, दातादाता र सहयोगी हातहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समाजले देउसी–भैलोमा सहभागी भई आर्थिक सहयोग, समय र मिहिनेत प्रदान गर्ने सम्पूर्ण महानुभावप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।
समाजका अनुसार यस्तो सांस्कृतिक कार्यक्रमले अमेरिकामा रहेका नेपाली समुदायबीच मौलिक कला, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ।
धादिङ नेपाली समाज अमेरिकाले भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै समुदायको एकता र सहकार्य अझ मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।












