गल्छी वडा नं. ४ पुनः च्याम्पियन

Avatar photo
Dhadingpost
कार्तिक ४, २०८२

धादिङ । धादिङको गल्छी गाउँपालिकामा आयोजित अन्तरवडा खुला पुरुष भलिबल प्रतियोगिता सभ्य, भव्य र प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको छ। आठवटै वडाबाट १३ टिमको सहभागिता रहेको प्रतियोगितामा वडा नं. ४ ले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो।

प्रतियोगितामा वडा नं. ६ उपविजेता र वडा नं. ५ तेस्रो स्थानमा रहँदा विजेता टोलीले रु. ३० हजार, उपविजेताले रु. २५ हजार र तेस्रो हुने टोलीले रु. २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

उत्कृष्ट खेलाडी र प्रशिक्षक सम्मानित

प्रतियोगिता अवधिभर उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न शीर्षकमा सम्मान गरिएको थियो।
उत्कृष्ट स्पाइकर: पूजन बि.क. (वडा नं. ४ ‘बी’), उत्कृष्ट डिफेन्डर: अमर तामाङ (वडा नं. ५), उत्कृष्ट सर्भर: राजेश विशुन्के (वडा नं. ४ ‘ए’), उत्कृष्ट ब्लोकर: सुदिप भण्डारी (वडा नं. ६), उत्कृष्ट सेट्टर: रबिन भुजेल (वडा नं. ४ ‘बी’), राइजिङ प्लेयर: सागर श्रेष्ठ (वडा नं. ४ ‘बी’), सर्वोत्कृष्ट खेलाडी (MVP): आविष्कार सिङ्दन (वडा नं. ४ ‘बी’), सर्वोत्कृष्ट प्रशिक्षक: रामशरण बि.क. (वडा नं. ४ ‘बी’)

समापनको दिन “शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम” समेत आयोजना गरिएको थियो।