मार्पाक भलिबल प्रतियोगितामा अन्नपूर्ण मगर समाज विजयी

Avatar photo
Dhadingpost
कार्तिक ३, २०८२

धादिङ । नेत्रावती डबजोङ गाउँपालिका–१ मार्पाकमा कार्तिक १ गतेदेखि सुरु भएको दोस्रो वडा अध्यक्ष कप वडा स्तरिय भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण मगर समाज वडा नं १ले जितेको छ।
फाइनल खेलमा अन्नपूर्ण मगर समाजले आयोजक घले समाज धारापानी वडा नं १लाई सिधै ३–० को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।

प्रतियोगितामा अन्नपूर्ण युवा समाज केरा घारीले तेस्रो स्थान हासिल गर्न सफल भयो भने मंगला देवी विद्यालयले सान्त्वना स्थानमा सन्तोषजनक प्रदर्शन गर्‍यो।

विजयी टोलीहरूले क्रमशः
प्रथम—रु २०,०००
द्वितीय—रु १५,०००
तृतीय—रु १०,०००
सान्त्वना—रु ७,०००,
सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

वडा अध्यक्ष ठाकुर गुरुङको सभापतित्वमा भएको पुरस्कार वितरण कार्यक्रममा पालिका अध्यक्ष मेग्नाथ रिजाल प्रमुख अतिथि रहनु रहेका थिए ।

त्यसैगरी प्रतियोगिताको व्यक्तिगत उत्कृष्टतामा

  • वेस्ट खेलाडी — आशिष थापा मगर
  • वेस्ट स्पाइकर — रोचन थापा मगर
  • वेस्ट सेटर — सन्तोष राना मगर
  • अनुशासित खेलाडी — सनित गुरुङ
    घोषित भएका छन्।

प्रतियोगितामा सहभागी ११ टोली

  • मेलडाँडा एकता समाज
  • अन्नपूर्ण गा गर समाज
  • गैरा युवा समाज
  • अन्न पूर्ण युवा समाज केराबारी
  • घले समाज धारापानी
  • कटुञ्जे ५ 
  • निरञ्जना मावि
  • मंगला देवी मावि
  • मिलन बजार १
  • टारीरी युवा समाज १

गत वर्ष सम्पन्न पहिलो वडा अध्यक्ष कपमा वडा नं ४को तमै युवा समाजले उपाधि जितेको थियो भने यस वर्षको विजेता अन्नपूर्ण मगर समाज वडा नं १ गत वर्ष उपविजेता रहेको बच्चुराम थापामगरले जानकारी दिए ।