मार्पाक र गल्छीमामा आजबाट भलिबल प्रतियोगिता

Avatar photo
Dhadingpost
कार्तिक १, २०८२

गल्छीमा अन्तरवडा पुरुष भलिबल प्रतियोगिता, नेत्रावती डबजोङमा वडा अध्यक्ष कप

धादिङ । खेलकुदको माध्यमबाट स्वास्थ्य, एकता र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यका साथ गल्छी गाउँपालिकाले आज कार्तिक १ गते बाट “अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता” को आयोजना गर्दैछ । कार्तिक १ देखि ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिता छाङ्गेश्वर मन्दिर परिसरमा लिग कम नकआउटका आधारमा हुने छ।

गल्छी गाउँपालिकाका सबै वडाहरूको सहभागिता रहने प्रतियोगितामा ८ वटा वडाबाट १३ टिम सहभागी हुने शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत धिरज बस्नेतले जानकारी दिनुभयो।

पुरस्कार
प्रथम हुने टिमलाई रु ३०,०००,
द्वितीयलाई रु २५,०००,
तृतीयलाई रु २०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

त्यस्तै, नेत्रावती डबजोङ गाउँपालिका–१ मा दोस्रो वडा अध्यक्ष कप वडा स्तरीय भलिबल प्रतियोगिता–२०८२ पनि आज कार्तिक १ गते बाटै आयोजना हुने भएको छ।
वडा कार्यालय मार्पाकले खेलकुदमार्फत युवामा एकता, अनुशासन र खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा ११ टिम सहभागी हुने छन् ।

पुरस्कार विवरण:
प्रथम पुरस्कार: रु २०,०००, शिल्ड, मेडल र प्रमाणपत्र
द्वितीय पुरस्कार: रु १५,०००, शिल्ड, मेडल र प्रमाणपत्र
तृतीय पुरस्कार: रु १०,०००, शिल्ड, मेडल र प्रमाणपत्र
उत्कृष्ट र अनुशासित खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिनेछ।

गत वर्षको पहिलो वडा अध्यक्ष कपमा वडा नं ४ को तमै युवा समाज विजेता र अन्नपूर्ण मगर समाज वडा नं १ उपविजेता बनेका थिए।