
विद्यार्थीको प्रतिभा र खेलकुदप्रतिको उत्साह झल्कियो, ग्रीन हाउस पहिलो स्थानमा
धादिङ । धादिङ जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था एडभान्स एकेडेमीमा असोज २६ गतेदेखि सञ्चालन भएको १९औँ एडभान्स स्पोर्ट फेस्टिभल–२०८३ एक भव्य समापन समारोहका बीच सम्पन्न भएको छ।
छ दिनसम्म चलेको फेस्टिभलमा कक्षा प्ले ग्रुपदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। प्रतियोगितामा एथलेटिक्स, मार्सल आर्ट्स, डान्स, वक्तृत्वकला, भलिबल, कबड्डीलगायत ७१ खेलहरू समावेश गरिएको थियो।
आयोजक समितिका संयोजक कृष्ण गुरुका अनुसार विद्यार्थीहरूले ९७२ वटा मेडलका लागि प्रतिस्पर्धा गरेका थिए र फेस्टिभल अत्यन्तै सफल रह्यो।
समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।
नतिजाअनुसार —
🏅 ग्रीन हाउसले ४० गोल्ड मेडलसहित पहिलो स्थान,
🥈 येलो हाउसले ३० गोल्डसहित दोस्रो,
🥉 निलो हाउसले २५ गोल्डसहित तेस्रो,
र रातो हाउसले १५ गोल्डसहित सान्त्वना स्थान हासिल गरेको विद्यालयले जनाएको छ।
पुरस्कार वितरण कार्यक्रम विद्यालयका प्रिन्सिपल भीम बहादुर श्रेष्ठ र सञ्चालक समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) ले संयुक्त रूपमा सम्पन्न गरेका थिए ।
प्रिन्सिपल श्रेष्ठले भने, “खेलकुदले विद्यार्थीको स्वास्थ्य मात्र होइन, उनीहरूको प्रतिभा विकासमा पनि योगदान पुर्याउँछ।”
त्यस्तै, संस्थापक अध्यक्षले एडभान्स एकेडेमीबाट राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन भइसकेको बताउँदै यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई शैक्षिक र शारीरिक दुवै क्षेत्रमा सशक्त बनाउने विश्वास व्यक्त गरेका थिए ।

समापन समारोहमा विद्यार्थी, अभिभावक र शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको विद्यालयले जनाएको छ।










