दसैं–तिहार झोला कप: Hayes FC विजेता

Avatar photo
Dhadingpost
अशोज ३१, २०८२

लन्डन । बेलायतमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सद्भाव र खेलकुदप्रतिको रुचि बढाउने उद्देश्यले आयोजना गरिएको ‘दसैं–तिहार झोला कप–२०२५’ फुटबल प्रतियोगिता उत्साहपूर्वक सम्पन्न भएको छ।

१२ अक्टोबरका दिन वेम्ब्लीस्थित प्रेस्टन म्यानर स्कुलको खेलमैदानमा सम्पन्न प्रतियोगितामा समूह ‘ए’ र ‘बी’ गरी छ टिमले प्रतिस्पर्धा गरेका थिए। रोमाञ्चक खेल प्रदर्शन गर्दै Hayes FC विजेता र Northolt FC उपविजेता बनेका छन्।

समापन समारोहमा धादिङ–नुवाकोट समाज यूकेका अध्यक्ष धनबहादुर तामाङ (पाख्रिन) प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले फुटबलले बेलायतमा रहेका नेपाली युवाबीच भाइचाराको सम्बन्ध अझ गाढा बनाउन सहयोग पुर्‍याएको बताए।

विजेता टोलीलाई पाँच सय पाउन्ड (£500) र उपविजेता टोलीलाई तीन सय पाउन्ड (£300) पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमका संयोजक थमु वाइवासञ्चालक रोज लामाका अनुसार प्रतियोगिताले विदेशमा रहेका नेपालीबीच एकता र खेलभावना सुदृढ गर्न सन्देश दिएको छ।

त्यस्तै, कार्यक्रममा थमु वाइवा, बिशाल तामाङ, तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष कुमार स्याङ्तानकेन्द्रिय सचिव बिशाल श्याङ्बो तामाङ लगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रतियोगिता पछि आयोजक समितिले खेलाडी, अतिथि तथा टिम प्रतिनिधिहरूका लागि विशेष रात्रिभोज कार्यक्रमको समेत व्यवस्था गरेको थियो। फोटो स्रोतः लण्डन नेपाल न्यूजबाट