
धादिङ । बेनीघाट रोराङ गाउँपालिका–२, ताल्तीमा तेस्रो खुल्ला वडा कप ७ ए साइड फुटबल प्रतियोगिता आगामी कार्तिक ३ देखि ५ गतेसम्म सञ्चालन हुने भएको छ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ वडा युवा तथा खेलकुद समितिको आयोजनामा हुन लागेको प्रतियोगिता गौरीशंकर खेलमैदान, बेनीघाट रोराङ–२ मा हुनेछ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ५० हजार र उपविजेता टिमलाई रु. २५ हजार पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक दुबै जनालाई रु. ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
आयोजकका अनुसार टिम दर्ता असोज २९ देखि कार्तिक २ गतेसम्म गर्न सकिनेछ। खेलाडी कार्ड डिपोजिट शुल्क रु. १५०० तोकिएको छ। प्रतियोगिताको प्रवेश शुल्क रु. ५,००० राखिएको छ।
मलेखुबाट १० किलोमिटरको दुरीमा हुने उक्त प्रतियोगिताको बारेमा थप जानकारीका लागि आयोजकको नम्बर ९८६०८७४३२० मा सम्पर्क गरिने छ ।












