धादिङका राजाराम धमला मकाउ माउन्टेन रनका विजेता बने

Avatar photo
Dhadingpost
अशोज २९, २०८२

धादिङ । धादिङ नीलकण्ठ नगरपालिका–१२ निवासी राजाराम धमलाले मकाउमा सम्पन्न माउन्टेन रन प्रतियोगितामा पहिलो स्थान हासिल गरेका छन्।

धमलाले १४ किलोमिटरको दुरी १ घण्टा १० मिनेटमा पूरा गर्दै सबै प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थानमा नाम लेखाएका हुन्।

उक्त प्रतियोगितामा हङकङका Lei Kam Ehun दोस्रो भएका थिए। उनले निर्धारित दुरी १ घण्टा २२ मिनेट ३७ सेकेन्डमा पूरा गरेका थिए।

अगस्ट ११ मा सम्पन्न सो प्रतियोगितामा विभिन्न देशका १०० भन्दा बढी धावकहरू सहभागी भएका थिए।

राजारामको यो उपलब्धिलाई धादिङका खेलप्रेमीहरूले नेपालको गौरवको विषयका रूपमा लिएका छन्।