
धादिङ । नेत्रावती डबजोङ गाउँपालिका–१ मा दोस्रो वडा अध्यक्ष कप वडा स्तरिय भलिबल प्रतियोगिता २०८२ हुने भएको छ। वडा कार्यालय मार्पाकले खेलकुदमार्फत युवामा एकता, अनुशासन र खेल भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको हो।
वडा कार्यालयका अनुसार प्रतियोगितामा भाग लिन इच्छुक टिमले रु ३,००० शुल्क तिरेर दर्ता गर्नुपर्नेछ। प्रत्येक टिममा ६ खेलाडी र ३ जना व्यवस्थापक रहनेछन्। सहभागी खेलाडीहरूले आफ्नो नागरिकता, जन्मदर्ता वा परिवार परिचय खुल्ने प्रमाणपत्र पेस गर्नुपर्नेछ।
पुरस्कार विवरण
- प्रथम पुरस्कार: रु २०,०००, शिल्ड, मेडल र प्रमाणपत्र
- द्वितीय पुरस्कार: रु १५,०००, शिल्ड, मेडल र प्रमाणपत्र
- तृतीय पुरस्कार: रु १०,०००, शिल्ड, मेडल र प्रमाणपत्र
उत्कृष्ट र अनुशासित खेलाडीलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिता २०८२ कात्तिक १ र २ गते हुनेछ र खेलाडीहरूले अनिवार्य रूपमा खेल पोशाक लगाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ।
दर्ता असोज ३१ गतेसम्म खुला रहनेछ।
अधिक जानकारीका लागि सम्पर्क व्यक्ति —
बच्चुराम थापा मगर ९८४९०६१८३७
आइतराम गुरुङ ९८६१४९१४८४
वडा अध्यक्ष ठाकुर गुरुङ ९८५१२१०९७५
गत वर्ष प्रथम वडा अध्यक्ष कप मा वडा न ४ को तमै युवा समाज ले जितेको थियो भने अन्नपूर्ण मगर समाज वडा न १ उप विजेता भएको थियो ।गत वर्ष पालिका भित्र को ८वटा टिम सहभागिता रहेको थियो।












