धादिङकी रेबिका र भावना राष्ट्रिय यू–१९ महिला भलिबल टिममा छनोट

Avatar photo
Dhadingpost
अशोज २८, २०८२

धादिङ । धादिङ जिल्लाका दुई प्रतिभाशाली खेलाडी — सिद्धलेक गाउँपालिका–१ की रेबिका लामा तामाङथाक्रे गाउँपालिकाकी भावना तामाङ — आगामी CAVA U-19 Women’s Volleyball Championship 2025 का लागि नेपाली राष्ट्रिय टिममा छनोट भएका छन्।

यो प्रतियोगिता श्रीलंकाको कोलम्बोमा नोभेम्बर ४ देखि ९ तारिखसम्म (कार्तिक १८ देखि २३ गतेसम्म) हुने छ।
नेपाल भलिबल संघले सेन्ट्रल एसियन भलिबल संघ (CAVA) को स्वीकृतिमा श्रीलंका भलिबल फेडरेसनको आयोजनामा हुने प्रतियोगिताका लागि अन्तिम १२ खेलाडीको सूची सार्वजनिक गर्दा धादिङका यी दुई खेलाडीको नाम पनि परेको हो।

धादिङका यी युवा खेलाडीहरूले यसअघि पनि उत्कृष्ट प्रदर्शन गर्दै ध्यान आकर्षण गरेका थिए । गत साउनमा एभरेष्ट महिला भलिबल लिगमा

  • रेबिका तामाङलाई कर्णाली याश्विजले ५० हजार रुपैयाँमा,
  • भावना तामाङलाई पोखरा निन्जाजले ५३ हजार रुपैयाँमा,
  • र धादिङकै वाल्मिका आचार्यलाई काठमाडौं स्पाइकर्सले ५७ हजार ५ सय रुपैयाँमा अनुबन्ध गरेका थिए।

उनीहरूको यो राष्ट्रिय स्तरको सहभागिता धादिङ जिल्लाको गौरवका रूपमा हेरिएको छ।