सुपर सिक्समा नेपालको रोमाञ्चक जित, यूएईलाई १ रनले पराजित- आज कतारसँग प्रतिस्पर्धा

Avatar photo
Dhadingpost
अशोज २७, २०८२

काठमाडौं । नेपालले टी–२० विश्वकप एसिया क्वालिफायरको सुपर सिक्स चरणमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई १ रनले हराउँदै रोमाञ्चक जित निकालेको छ।
यो जितसँगै नेपालले सुपर सिक्समा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल चरणमा पुग्ने आशा थप बलियो बनाएको छ।

नेपालले सुपर सिक्स चरणमा आफ्नो अर्को खेल आज (असोज २७ गते) कतारसँग खेल्नेछ।
खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ।
यो खेल नेपालका लागि निर्णायक हुने अपेक्षा गरिएको छ, किनकि जित हात पार्न सके नेपाल फाइनलमा पुग्ने सम्भावना बढ्नेछ।

नेपालको सुपर सिक्सको पहिलो खेलमा
नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १३५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
जवाफमा यूएईले पनि सानदार प्रदर्शन गरे पनि नेपालका बलरहरूले अन्तिम ओभरसम्म कडाइका साथ खेल्दै खेल आफ्नो पक्षमा ताने।
यूएईले अन्तिम बलमा जितका लागि दुई रन आवश्यक हुँदा केवल एक रन मात्र बनाउन सक्यो।

सुपर सिक्समा नेपाल र ओमानको समान ४ अंक भएको छ। युएई र कतारको २ अंक छ। 

नेपालले यस प्रतियोगितामा आफ्नो प्रदर्शन सुधार्दै आगामी आईसीसी टी–२० विश्वकप २०२६मा स्थान सुरक्षित गर्ने लक्ष्य लिएको छ।
युवा खेलाडीहरूको आत्मविश्वास र टोलीको एकताले नेपाललाई ऐतिहासिक उपलब्धितर्फ उन्मुख बनाएको विश्लेषकहरू बताउँछन्।