माओवादी केन्द्रका नेता महरा पक्राउ

Avatar photo
Dhadingpost
अशोज २६, २०८२

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको **केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)**ले महरालाई काठमाडौंबाट नियन्त्रणमा लिएको पुष्टि गरेको हो।

सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठको हस्ताक्षर रहेको विज्ञप्तिअनुसार, महरालाई भन्सार ऐन २०६४संगठित अपराधसम्बन्धी कसूरमा पक्राउ गरिएको उल्लेख छ।

यसअघि महरा ९ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित भई बयान दिएका थिए।

उक्त प्रकरण २०७९ पुस १० गतेको हो। सो दिन Fly Dubai को उडान नम्बर FZ0587 मार्फत नेपाल आएका चिनियाँ नागरिक LI HANSONGले दुईवटा सुटकेसमा ७३ बट्टा (७३० थान) भेप त्रिभुवन विमानस्थल हुँदै भित्र्याएका थिए।

अनुसन्धानका क्रममा उक्त भेपका बट्टाभित्र ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन रहेको र त्यसको बिक्रीबाट आपराधिक लाभ उठाएको तथ्य खुलेको सीआईबीले जनाएको छ। फोटो स्रोतः अनलाईखवर