नीलकण्ठ सिम्लेकाे जनजागरण कप फुटबल आयोजकले नै जित्यो

Avatar photo
Dhadingpost
अशोज २३, २०८२

धादिङ । भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्दै समुदायबीच एकता सुदृढ बनाउन स्थापना गरिएको जनजागरण तमु समाज सिम्ले नीलकण्ठले आयोजना गरेको दोस्रो जनजागरण कप फुटबल प्रतियोगितामा आयोजक टिमले नै उपाधि हात पारेको छ।

बिहिवार सम्पन्न फाइनल खेलमा आयोजक जनजागरण टिमले गत संस्करणको विजेता जुरेथुमलाई २–० गोल अन्तरले पराजित गर्दै विजेता बन्न सफल भएको हो।

प्रतियोगितामा विजेता टोलीले रु. ६०,००० सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता जुरेथुमले रु. ३०,००० सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ ।

व्यक्तिगत विधातर्फ
श्रेष्ठ खेलाडी (Best Player): सुर्य लामा
उच्च गोलकर्ता (High Scorer): आशिष परजा
उत्कृष्ट गोलकिपर (Best Keeper): दिबस राई
तीनै जनालाई जनही रु. १,५०० सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगितामा धादिङका १८ टिमले सहभागिता जनाएका थिए । फाइनल खेलमा दर्शकहरूको उत्साहपूर्ण उपस्थिति रह्यो ।