
धादिङ । सिद्धलेक गाउँपालिका–२, नलाङस्थित खिर्रेभञ्याङमा सम्पन्न “स्व. लोकबहादुर गुरुङ दोस्रो स्मृति कप” खुला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि दुप्चेश्वर गाउँपालिका, नुवाकोटले जितेको छ ।
रोमाञ्चक फाइनल खेलमा दुप्चेश्वरले गोरखाको घले हार्वेस्टिङ टिमलाई पराजित गर्दै पहिलो स्थान हासिल गरेको हो ।
जितसँगै विजेता टिमले नगद १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको घले हार्वेस्टिङ टिमले ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ ।
त्यस्तै, तृतीय स्थानमा रहेका आयोजक सिद्धलेक टिमले ३३ हजार ३३३ रुपैयाँ पुरस्कारस्वरूप प्राप्त गरेको छ ।
प्रतियोगितामा चार समूहमा विभाजन गरी विभिन्न गाउँपालिकाका टिमहरूले सहभागिता जनाएका थिएः
समूह ‘ए’
चक्रदेवी सेवा समाज, धादिङ
जीवन ज्योति युवा क्लब, धादिङ
बराम समाज, धादिङ
घले हार्वेस्ट, गोरखा
समूह ‘बी’
मेघाङ गाउँपालिका, नुवाकोट
जे.वाई.सी, धादिङ
नवक्षितिज युवा क्लब, धादिङ
समूह ‘सी’
ज्वालामुखी गाउँपालिका, धादिङ
गल्छी गाउँपालिका, धादिङ
सिद्धलेक गाउँपालिका, धादिङ
समूह ‘डी’
पञ्चकन्या गाउँपालिका, नुवाकोट
नवकुण्ड गाउँपालिका, रसुवा
त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ
दुप्चेश्वर गाउँपालिका, नुवाकोट
प्रतियोगिता तमु युवा समाजको आयोजनामा सम्पन्न भएको हो ।
संस्थाले हरेक वर्ष दशैंको अवसर पारेर खिर्रेभञ्याङमा खेलकुद प्रतियोगिता आयोजना गर्ने परम्परा कायम राख्दै आएको छ । 📸 तस्वीरः अनिल अछामी















