धादिङको त्रिपुरासुन्दरीमा छोराबाट आमाको निर्मम हत्या, अभियुक्त पक्राउ

Avatar photo
Dhadingpost
अशोज २०, २०८२

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकठेरीमा आइतबार साँझ करिब साढे आठ बजे एक आमा आफ्नै छोराको हातबाट ज्यान गुमाउनु परेको छ ।

३० वर्षीय यम कडेंल (जिरे) ले आफ्नी ५४ वर्षीया आमा राममायाँ कडेंलको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । प्रहरीले घटनापछि उनलाई घरमै पक्राउ गरेको जनाएको छ ।

घटनास्थल अत्यन्त भयावह रहेको बताइएको छ । आमाको शरीर र टाउको छुट्टिने गरी हत्या भएकोले दुईवटा मुजुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।