नलाङमा आजबाट पुरुष भलिबल हुँदैः चार जिल्लाका टिम भिड्दै

Avatar photo
Dhadingpost
अशोज १७, २०८२

धादिङ । सिद्धलेक गाउँपालिका–२, नलाङस्थित खिर्रेभञ्याङमा आजदेखि “स्व. लोकबहादुर गुरुङ दोस्रो स्मृति कप” खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिता नलाङ पात्ले माविको प्राङ्गणमा असोज १९ गतेसम्म सञ्चालन हुनेछ ।

धादिङ, नुवाकोट, रसुवा र गोरखाका गरी १४ टोली सहभागी हुने प्रतियोगिता लिग कम नकआउट आधारमा हुनेछ । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको जिल्ला भलिबल संघ धादिङका अध्यक्ष तथा नलाङ पात्ले माविका शिक्षक अमृत (तिलक) गुरुङले जानकारी दिनुभयो ।

समूह विभाजन यसप्रकार छ :

  • समूह ‘ए’ : चक्रदेवी सेवा समाज , जीवन ज्योति युवा क्लब, बराम समाज, घले हार्वेस्ट गोरखा
  • समूह ‘बी’ : मेगाङ गाउँपालिका नुवाकोट, जे.वाई.सी, नवक्षितिज युवा क्लब
  • समूह ‘सी’ : ज्वालामुखी गाउँपालिका, गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिका
  • समूह ‘डी’ : पञ्चकन्या गाउँपालिका नुवाकोट, नवकुण्ड गाउँपालिका रसुवा, त्रिपुरासुन्दरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका नुवाकोट

उद्घाटन खेलमा चक्रदेवी सेवा समाज र जीवन ज्योति युवा क्लब आमनेसामने हुनेछन्।

पुरस्कार व्यवस्था

  • प्रथम : रु. १,११,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र
  • द्वितीय : रु. ५५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र
  • तृतीय : रु. ३३,३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र

त्यसैगरी, उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिब्रो र उत्कृष्ट प्रशिक्षकलाई पनि ट्रफी, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ।

आयोजकका अनुसार प्रत्येक टिममा १२ जना खेलाडी (जसमा सबै एउटै पालिकाका हुनुपर्ने), १ जना प्रशिक्षक र १ जना टिम म्यानेजर रहने व्यवस्था गरिएको छ।