ज्वालामुखी–४ टारीमा सनराइज फुटबल क्लबको सफलता

Avatar photo
Dhadingpost
अशोज १३, २०८२

धादिङ – विजयादशमीको अवसरमा “टारी म्हेन्दोमाया एकता समाज”, ज्वालामुखी–४, धादिङको आयोजनामा असोज १० गतेदेखि संचालन भएको सात–साइड फुटबल प्रतियोगिता सनराइज फुटबल क्लबले जितेको छ।

सनराइजले आयोजक म्हेन्दोमाया एकता समाजलाई १–० को गोल अन्तरले पराजित गरेको हो। जितका लागि नमराज रानाले गोल गरेका थिए।

जितसँगै सनराइजले ५५ हजार ५५५ रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजक टोली म्हेन्दोमाया एकता समाज ए ले ३३ हजार ३३३ रुपैयाँसहित पदक र प्रमाणपत्र प्राप्त गरेको छ।

विजेता सनराइज टोलीका खेलाडीहरू:
विजय पुलामी, बिरेन पुलामी, दिपेन पुलामी, बुवल बराही, सुमन थापा, नविन मुर्छन, सनम पुलामी, नमराज राना, हर्क मगर

x