
धादिङ । धादिङ जिल्ला तेक्वान्दो संघको आयोजनामा सम्पन्न जिल्ला स्तरीय रातो–कालो पेटी, कालो पेटी प्रथम डान र कालो पेटी दोस्रो डान बेल्ट ग्रेडिङ परीक्षामा सहभागी खेलाडीहरूलाई निःशुल्क जर्सी प्रदान गरिएको छ ।
थाक्रे गाउँपालिका–६, महादेवबेशीस्थित श्री जनजागृति माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न ग्रेडिङ परीक्षामा सहभागी खेलाडीहरूलाई थाक्रे तेक्वान्दो डोजाङले जर्सी सहयोग गरेको डोजाङ प्रमुख एवम् धादिङ जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष बिदुर बास्कोटाले जानकारी दिए ।
उनका अनुसार हाल धादिङ जिल्ला तेक्वान्दो संघ अन्तर्गत २० भन्दा बढी डोजाङ क्रियाशील रहेका छन् भने हजारभन्दा बढी खेलाडी आवद्ध छन् ।
















