
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४, धुवाँकोटस्थित जनआवाज युवा क्लबको पहलमा वडा दशैँ तथा शुभ दीपावलीको स्वागतार्थ सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
असोज १० गते शनिबार भएको यस अभियानमा क्लबका सदस्यहरु सहित स्थानीयहरुको सक्रिय सहभागिता रहेको थियो । क्लब भवन, गुम्बा, पानी पँधेरो, सिंढी बाटो, मन्दिरलगायतका सार्वजनिक स्थलहरूमा सरसफाइ गरिएको अध्यक्ष ठम बहादुर गुरुङ (राजेश)ले जानकारी दिए ।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण क्लब परिवारप्रति अध्यक्ष गुरुङले हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि सामाजिक गतिविधिहरूमा निरन्तर साथ र सहयोगको अपेक्षा राख्ने बताए ।














