
धादिङ । दशैं २०८२ लाई लक्षित गर्दै गजुरी गाउँपालिकाले गाउँवासीलाईकाठमाडौंबाट घर फर्कनका लागि सहजता प्रदान गर्न तीन दिन निःशुल्क यातायात सुविधा उपलब्ध गराउने भएको छ।
गाउँपालिकाको सूचनाअनुसार तोकिएको मिति, समय र स्थानअनुसार सवारी छुट्ने व्यवस्था मिलाइएको छ । निःशुल्क बस सेवाका लागि गाउँवासीले आफ्नो नागरिकता वा मतदाता परिचयपत्र सहित उपस्थित हुनुपर्ने जनाइएको छ ।
गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले गाउँपालिकाको पहलमा दशैंतिर घर फर्कनुपर्ने तथा फर्किने क्रममा सर्वसाधारणलाई सहज बनाउन निःशुल्क सेवा उपलब्ध गराइएको धादिङपोष्टलाई जानकारी दिए ।
काठमाडौंबाट नि:शुल्क बस छुट्ने समय:
- २०८२ असोज ११ गते बिहान १०:०० बजे र ३:०० बजे ।
- २०८२ असोज १२ गते बिहान १०:०० बजे र ३:०० बजे ।
- २०८२ असोज १३ गते बिहान ११:०० बजे
स्यूचाटार पुल, बाफल काठमाडौंबाट बस छुट्ने र गन्तव्य बेल्खु देखि मलेखु सम्म हुने जनाईएको छ । निःशुल्क बस सेवामा समन्वय गर्न अध्यक्षको सचिव सुमन लो तामाङलाई सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।







