
धादिङ । आफ्नो नयाँ महाकाव्य ‘कल्प’ विमोचनका लागि कतार पुगेका प्राध्यापक डा. नवराज लम्साललाई धादिङ सेवा समाज कतारले एक विशेष समारोहमार्फत सम्मान गरेको छ ।
लम्साल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टर को ११औँ अधिवेशनको अवसरमा कतार पुगेका थिए । सोही अधिवेशनका क्रममा उनले गत महिना काठमाडौंमा विमोचन भएको आफ्नो नयाँ महाकाव्य ‘कल्प’ को विमोचन गराएका हुन् ।
कार्यक्रममा साहित्य, कला र समाजसेवामा डा. लम्सालको योगदानको उच्च प्रशंसा गर्दै उनलाई सम्मान गरिएको धादिङ सेवा समाज कतारका अध्यक्ष आयुष घलेले जानकारी दिए ।







