
धादिङ । धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका–१ मा अवस्थित निरञ्जना माध्यमिक विद्यालय, मार्पाकमा भूतपूर्व विद्यार्थी र शिक्षकहरूले संयुक्त पहलमा “भूतपूर्व विद्यार्थी छात्रवृत्ति कोष” स्थापना गरेका छन् ।
२०५६ सालभन्दा अघि विद्यालय छोडेका पूर्वविद्यार्थीहरूले “निरञ्जना ब्याच २०५६ छात्रवृत्ति कोष” नाम दिएर स्थापना गरेको उक्त कोषको मुख्य संयोजक होम अधिकारी हुनुहुन्छ ।
कोष संचालन समितिमा प्रमुख व्यवस्थापक काजिराम अधिकारी, संयोजक साबित्रा थापा, सह–संयोजक दिनेश अधिकारी, व्यवस्थापक रामकृष्ण खड्का, सह–व्यवस्थापक राजु तामाङ, महिला संयोजक सानू अधिकारी, प्रवास संयोजक अनिता अधिकारी, खेलकुद संयोजक युगबहादुर घले, स्वास्थ्य संयोजक बिमल बरुवाल र स्थानीय संयोजक जुनादेवी पन्त रहेका छन् । त्यस्तै, प्रेमबहादुर तामाङ, शुशिला नेपाली, शम्शेर तामाङ, मिल्कबहादुर तामाङ, प्रेमबहादुर अधिकारी र वीरबहादुर तामाङ सदस्य रहेका छन् ।
सल्लाहकार मण्डलमा विद्यालयलाई योगदान पुर्याएका पूर्वप्र.अ. केशरीप्रसाद पन्त, शंकर अधिकारी, रामकृष्ण धरेल, बद्रीप्रसाद ढकाल, कोमलनाथ पोखरेल, उमाप्रसाद ढकाल, सुन्दर थापा, नवराज त्रिपाठी, रामकृष्ण गुरुङ, मिश्री थापा, धनबहादुर गुरुङ र रामबहादुर अधिकारीलगायत शिक्षकहरू समावेश छन् ।
२०८२ सालमा स्थापना भएको यस कोषले हरेक वर्ष छात्रवृत्ति दिवस मा विद्यालयसँग समन्वय गर्दै विपन्न तथा जेहेन्दार विद्यार्थीलाई नगद सहयोग गर्ने लक्ष्य राखेको प्रमुख व्यवस्थापक काजिराम अधिकारीले जानकारी दिए ।
रु. ५० हजार ५०० बाट सुरु गरिएको यस कोषलाई भविष्यमा थप रकम संचित गर्दै विस्तार गर्ने योजना रहेको संयोजक होम अधिकारीले बताए ।






