
काठमाडौं । नेपालीहरूको महान् चाड दशैं आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन आज घर–घरमा घटस्थापना गरेर नौ दिनसम्म दुर्गा पूजा गर्ने परम्परा रहिआएको छ।
आज बिहानै पूजा–पाठ गरी विधिपूर्वक कलश स्थापना गर्ने र जमरा रोप्ने चलन छ। जमरा नवमीसम्म सुरक्षित राखेर दशमीका दिन टीका–जमरा लगाइन्छ।
दशैंलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मानिन्छ। यससँगै घर–घरमा पूजाआजा, परिवार भेटघाट र चाडपर्वको चहलपहल सुरु हुने गर्छ।






