
धादिङ । नेपाल तेक्वान्दो संघअन्तर्गत धादिङ जिल्ला तेक्वान्दो संघको चौथो जिल्ला अधिवेशनले रविन भुजेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
थाक्रे–८ स्थित पाथीभारा होटलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा गौतम श्रेष्ठ, सचिवमा मिलन कार्की, कोषाध्यक्षमा धनबहादुर गुरुङ र सदस्यहरूमा सुब्बा श्रेष्ठ, कृष्ण भुजेल, बुद्धरोहित परियार, सञ्जिव भुजेल र मिलन कार्कीलाई चयन गरेको हो ।
त्यस्तै, नवगठित कार्यसमितिको पहिलो बैठकले उपाध्यक्षमा विदुर बास्कोटा तथा सदस्यहरूमा पार्वती अधिकारी, प्रमिता तामाङ, मिलन रसाइली, सुजन पण्डित र रेशम अधिकारीलाई मनोनीत गरेको छ ।
कार्यक्रममा धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यको प्रमुख आतिथ्यता, जिल्ला खेदकुद विकास समितिका कार्यालय प्रमुख रमेशमान तुलाधरको विशेष आतिथ्यता रहेको थियो । अधिवेशनमा जिल्लाभरका तेक्वान्दो प्रशिक्षक, खेलाडी तथा खेलकर्मीहरूको समेत सहभागिता रहेको थियो ।
