
धादिङ । नेकपा एमाले धादिङले संविधान दिवसको अवसरमा शुक्रबार धादिङबेसीमा बृहत् र्याली तथा कोणसभा सम्पन्न गरेको छ ।
एमाले धादिङका अध्यक्ष भूमीप्रसाद त्रिपाठीले नेपाली जनताको रगतले लेखिएको संविधानको रक्षार्थ सडकमा आवाज उठाउँदै संविधानको रक्षा गर्न एमाले सदैव अग्रसर रहने बताएका छन् । उनले नेपाली जनता सार्वभौम सत्ता सम्पन्न भएको र रैतीबाट जनता मालिक भएको संविधान जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
उनले जेन्जी आन्दोलन न्यायपूर्ण र जायज मागसहित सुरु भए पनि त्यसमा घुसपैठ भई अराजकता, हत्या र आगजनीसम्मको अवस्था सिर्जना भएकाले यसको निष्पक्ष छानबिन हुनुपर्ने माग राखे ।
कार्यक्रम सञ्चालन गर्दै जिल्ला सचिव राधिका सापकोटाले सुशासन नेकपा एमालेको एजेन्डा भएको उल्लेख गर्दै युवाहरुलाई ढाल बनाएर बितण्डा मच्चाइनु दुःखद भएको बताइन् । उनले यसको छानबिन अपरिहार्य रहेको स्पष्ट पारिन् ।
केन्द्रिय सदस्य खेम लोहनी पनि र्याली र कोणसभामा सहभागी भएपनि उनले केहि बोलेनन् । कार्यक्रममा जिल्लाभरका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । तस्वीरः केशव अधिकारी
