ज्वालामुखी ४ टारीमा असोज १० गतेदेखि फुटबल प्रतियोगिता

Avatar photo
Dhadingpost
अशोज ३, २०८२

धादिङ । विजयादशमीको अवसरमा “टारी म्होन्दोमाया एकता समाज” जल्लामुखी–४, धादिङद्वारा आयोजित फुटबल प्रतियोगिता आगामी असोज १० गतेदेखि १३ गतेसम्म ज्वालामुखी ४ टारी स्थित खेल मैदानमा हुने भएको छ ।

जल्लामुखी गाउँपालिकाका विभिन्न वडाबीचको खुला स्तरमा आयोजना हुने प्रतियोगिता ७–ए साइड विधामा हुनेछ । सहभागी टोलीहरूले दर्ता शुल्क रु ५,५५५ तिर्नुपर्नेछ र दर्ता गर्ने अन्तिम मिति असोज ८ गते तोकिएको छ ।

विजेता टोलीले नगद रु ५५,५५५, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीलाई नगद रु ३३,३३३ सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट गोलकर्तालाई पनि नगद रु १,५०० सहित ट्रफि र मेडल प्रदान गरिनेछ ।

आयोजक समाजले गाउँपालिकाभित्रका खेलाडीहरूलाई मात्र सहभागिताको अवसर हुने स्पष्ट गरेको छ । प्रतियोगितासँगै दशैँ विशेष सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने जनाइएको छ। थप जानकारीका लागि ९८४९२१२८२८, ९८६४६५९४२६, ९८०४७३१७४८ मा सम्पर्क गर्न सकिने जनाईएको छ ।