धादिङमा ७९ जनाले गरे रक्तदान, निलकण्ठ महिला साकोसको अभियान सफल

Avatar photo
Dhadingpost
अशोज २, २०८२

धादिङ – निलकण्ठ महिला साकोसले आयोजना गरेको रक्तदान कार्यक्रममा २१ महिला र ५८ पुरुष गरी जम्मा ७९ जनाले रक्तदान गरेर मानवतामा योगदान गरेका छन्।

साकोसले जनाएको छ, कार्यक्रमको मुख्य उद्देश्य रक्तदानको महत्वबारे सचेतना फैलाउनु र आवश्यकता परेको व्यक्तिहरूलाई समयमै रगत उपलब्ध गराउनु रहेको थियो। सहभागीहरूले पनि नियमित रक्तदान स्वास्थ्य र समाज दुवैका लागि उपयोगी भएको बताएका छन्।

भविष्यमा यस्ता स्वास्थ्य कार्यक्रम निरन्तर सञ्चालन गर्ने योजना रहेको साकोसले जानकारी दिएको छ।