
धादिङ । नेपाल तेक्वान्दो संघ अन्तर्गत धादिङ जिल्ला तेक्वान्दो संघको चौथो जिल्ला अधिवेशन आगामी असोज ३ गते हुने भएको छ ।
कार्यवाहक अध्यक्ष रविन भुजेलको अध्यक्षतामा थाक्रे–८ स्थित पाथीभारा होटलमा हुने अधिवेशनले नयाँ जिल्ला कार्य समिति चयन गर्ने कार्यक्रम रहेको संघले जानकारी दिएको छ ।
हाल धादिङ जिल्ला तेक्वान्दो संघमा २० भन्दा बढी डोजाङ तथा हजारभन्दा बढी खेलाडी आवद्ध छन् । अधिवेशनमार्फत संगठनलाई थप सुदृढ बनाउने र जिल्लामा तेक्वान्दो खेलको विकासलाई अझ व्यवस्थित गर्ने उद्देश्य राखिएको छ ।
