धादिङमा कांग्रेसले संविधानको रक्षा लागि असोज ३ गते कार्यक्रम गर्ने

Avatar photo
Dhadingpost
भदौ ३१, २०८२

धादिङ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, धादिङले संविधान दिवस २०८२ को अवसरमा संविधानको रक्षा र प्रभावकारी कार्यान्वयनका लागि विशेष कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम आगामी असोज ३ गते (शुक्रबार) बिहान ११:३० बजे धादिङबेसीस्थित बीपी स्मृति भवनमा हुने नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले जानकारी दिए ।

संविधानको रक्षा र प्रभावकारी कार्यान्वयनका लागि आयोजना गर्न लागिएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्र र प्रदेशस्तरीय सदस्यहरू, प्रदेशसभा सदस्यहरू, महासमिति सदस्यहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्षहरू, जिल्ला समन्वय समितिका सदस्यहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, भ्रातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी, प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रका संरचनागत समितिका प्रतिनिधिहरू, पार्टी विभागका सदस्यहरू, वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा सदस्यहरू, पार्टीका क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य, बुद्धिजीवी, व्यवसायी, सञ्चारकर्मी तथा शुभचिन्तकहरूलाई समेत आमन्त्रण गरिएको छ ।

अधिकारीले सबैलाई संविधान दिवसको अवसरमा सहभागिता जनाई संविधानको संरक्षण र कार्यान्वयनमा दृढता देखाउन आग्रह गरेका छन् ।